भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनिय उदाहारणियको कामको सुरुवात (भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनिय उदाहारणियको कामको सुरुवात (भिडियोसहित)

Share

नारीकोसिस डटकम पुस ६, भक्तपुर । भक्तपुर नगरपालिकाले मौलिकपन झल्किने गरी व्यवस्थित सार्वजनिक सार्वजनिक शौचालय बनाएको छ।

नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक एंव सर्वसाधानरणलाई सहज होस् भन्ने उद्देश्यले  सुविधा सम्पन्न सार्वजनिक सौचालय निर्माण गरिएको हो ।

शौचालय वाहिर मौलिकिपन झल्किने र भित्र अत्याधुनिक शैलीमा  निर्माण गरिएको छ ।

भक्तपुर विभिन्न ऐतिहासिक सम्पदाहरु रहेको क्षेत्र हो । जसले गर्दा यहाँका सम्पदा तथा मौलिकपनहरुलाई जोड दिदै परम्परागतशैलीमा शौचालय निर्माण गरिएको  नगरप्रमुख सुनिल प्रजापति  बताउनुहुन्छ  ।

शौचालय सवैको लागि अपरीहार्य छ, शौचालयको कारण कसैले पनि दुःख नपाउन भन्ने उद्देश्यले मुख्य पर्यटकिय क्षेत्रमा नगरपालिका अन्तरगतका १० स्थानमा यस्तो सार्वजनिक सौचलय बनाएको उहाँको भनाई छ ।

परप्परागत तथा मौलिकपन झल्किने गरी निमार्ण गरिएको सो शौचालयप्रति सर्वसाधरण पनि खुशी देखिन्छन् । विगतमा शौचालय भएता पनि फोहोर भएर बस्न नसक्ने स्थिति थियो भने हाल सफा र व्यवतस्थित रहेको उनीहरु बताउछन् ।

भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय कामको सुरुवात गरेको छ भन्ने यो एउटा अर्को उदारण हो ।

स्वास्थ्यको हिसावले पनि महत्वपूर्ण मानिने सौचालयप्रति नगरपालिकाले ध्यान दिएको देखिन्छ । नगरपालिकाले सर्वसाधरणलाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने विषयलाई ख्याल गर्दै सार्वजनिक व्यायमशालासमेत खोलिसकेको  र सर्वसाधारणले लाभ लिईरहेका छन् ।

नगरपालिकाले व्यवस्थित र मौलिकपन झल्किने गरी निर्माण गरीएको यस्ता महत्वपूण उदाहरिणय कार्यबाट अन्य स्थानीय तहले पनि सिक्ने हो भने समृद्ध नेपाल बन्न समय नलाग्नेमा कुनै दुईमत छैन । नारीकोसिस समाचारका लागि सुनिता तामाङको साथमा निर्मला सापकोटा सन्जेल भक्तपुर ।

 

तपाईको प्रतिक्रिया