बालबालिकालाइ स्वस्थ राख्न सिकाउनु पर्ने बानी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बालबालिकालाइ स्वस्थ राख्न सिकाउनु पर्ने बानी

Share

बालबालिकाहरुको पहिलो विधालय भनेको घर हो । घरमा राम्रो सिकाउन सके मात्र विधालयमा पनि राम्रो हुन सक्छन र सबैको प्यारो बन्नसक्छन ।बिहान सबेरै उठ्ने, शौचालय जाने हातमुख धुने , मन्दिर अगाडि जाने प्रार्थना गर्ने, भगवानलाइृ ढोग्ने, बाबुआमा सँग अंकमाल गर्ने ,तातोपानी पिउने इत्यादि ।

बिहान सबेरै उठ्न लगाउने

प्राय हामीहरु विहान छिटटै उठने कमै छौ । सूर्य उदय हुनुभन्दा अगाडी उठेर चिसो हावामा हिड्दा शरीरमा छुटै प्रकारको आन्नद प्राप्त हुन्छ । दिनभर सक्रिय र खुसी बनाउँछ । समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ । साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ । तसर्थ हामी आफु पनि लागू गरँै र हाम्रा बालबालिकालाइ सिकाउन नभुलौ ।

हात मुख धुने

विहान उठेर दात माज्न हात मुख धुन नियमित गराउ । त्यसैगरी विधालय वा अन्य कुनै ठाँउबाट आउनसाथ हात खुटटा धुन उतिनै आवश्यक छ । वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् । हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ । तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ ।

भगवानलाई ढोग्ने र प्रार्थना गर्ने

प्रार्थना गर्ने र भगवानलाई प्रणाम गर्ने । प्रणाम गर्दा शिर झुकाए गर्नु पर्दछ किनकी शिरलाई झुकाउदा मस्तिष्कलाई फाईदा पुग्दछ भने प्रार्थना गर्दा एकाग्रता प्राप्त हुन्छ । त्यसैगरी संस्कारको विकास पनि हुन्छ ।

मनतातो पानी पिउने

बिहानको पहिलो समयमा केहि खानु अघि बालबालिकालाइ मनतातो पानी पिउन सिकाउनु पर्दछ । किनकी स्वास्थ नै हाम्रो धन हो । विहानको मनतातो पानीले शरीरलाई धेरै प्रकारको फाईदा पुर्याउछ र उनिहरुलाई स्वास्थप्रति सजग हुन सिकाउछ ।

अकमाल गर्ने

विहानको समयमा उठिसके पछि आफना बालबालिका सँग अकमाल, ममताको स्पर्श सहित चुम्बन गरौ । उहिरुलाइृ विहानमा खुसिले भरौ । जसले भरदिन उनिहरु फुर्तिला रहन्छन । उनिहरुले पनि माया प्रेम र सदभााव बाडन सिकदछन ।

तपाईको प्रतिक्रिया