नवजात शिशुमा यस्ता लक्षण देखापरे आमाले ध्यान दिनुपर्ने कुराहरु

नारीकोसिस डटकम । कुनै–कुनै नवजात शिशुमा कहिलेकाँही विभिन्न लक्षणहरु देखा पर्दछन् । जुन खतराको लक्षण हुन सक्छ । नवजात शिशुमा निम्नासार लक्षणहरु देखा परेमा आमाले ध्यान दिनुपर्ने कुराहरु यस प्रकार रहेको छ :–
– कम्पन आउने
– छिटो–छिटो सास फेर्ने
– सास फेर्न गाह्रो हुने
– ज्वरो आउने
– बच्चाको तौउल कम हुने
– बच्चाको हात खुट्टा चिसो हुने
– दुध चुस्न नसक्ने
– आँखा र छाला पँहेलो देखिने
– नाईटोबाट रगत वा पिप वग्ने
– बच्चाको शरिरभरी विविरा वा फोका आएमा
– बच्चा सुस्त वा वेहोस हुने
– जन्मेको २४ घण्टा सम्म बच्चाले दिसा वा पिसाव नगर्ने
– आँखा रातो हुनु वा सुनिनु र पिप बग्नु
– यस्ता लक्षणहरु देखा परेमा आमाले नजिकको स्वास्थ्य चौकी वा डाक्टरलाई देखाउनु पर्दछ ।
तपाईको प्रतिक्रिया