५१ छोराछोरीकी आमा पशुपतिमा भागवत वाचन गर्दै
निर्मला सापकोटा सन्जेल /नारी कोसिसडटकम
श्रावण महिनालाई वर्षभरीका वाह्रवटा महिनामध्ये शुभ महिनाको रुपमा मानिन्छ। किनकी यस महिनामा हिन्दुहरुको सबै जसो मठमन्दिर परिषरभित्र धार्मिक विषयवस्तुको बारेमा भक्तजनहरुले वाणी चर्चा तथा प्रवचन श्रवण गर्दछन्। यसरी भगवानको बारेमा अमृतवाणीहरु श्रवण गरिने हुँनाले श्रावण महिना भनिएको हो।
यस महिनाको विषेश महत्व भएका कारणले मलाई पनि श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ क्षेत्र भित्रका गतिविधिलाई नजिकैबाट नियाल्ने उत्साहा जाग्यो। त्यसैले म मेरो विहानको दैनिकी कार्य सक्काएर पशुपति क्षेत्रको मन्दिर तथा वनकालि परिषरभित्र प्रवेश गरे।हसिलो अनुहारमा महिलाहरु हरिया, पहेला चुरापोते र सारीमा चिटिक्क सजिएर हातमा फुल र अक्षताको थाली बोकी भगवान शिवको आरधना गर्न भनेर लावालस्कर हुँदै कोही हिडिरहेका देखिन्थे त कोहीभने अनुशासित रुपमा पंक्तिबद्ध भई भगवान शिवको दर्शन गर्न प्रतिक्षारत थिए। यो लस्कर देख्दा यस्तो लाग्दथ्यो कि, मानौँ उनीहरु शिवकी पार्वती झैँ प्रेमील इच्छा बोकी आफ्नो स्वामी भेट्ने प्रतिक्षारत पल व्यतित गरिरहेका थिए।यस्तै दृष्यलाई आँखा र मनमा कैद गर्दै हिडिरहँदा मलाई भने नजिकैबाट आइरहेको एक सुरिलो, मिठो र स्पष्ट सुनिने महिलाको प्रवचनले तान्यो। जसरी कृष्णको बासुरीको धुनले गोपीनीहरुलाई उनीतिर तानेको थियो त्यसरी नै म त्यो मिठो आवाजलाई पच्छाउँदै भागवत कथा वाचन गरिरहेको त्यो ठाउँमापुगे। फराकिलो पण्डाल भित्र हारमा हार मिलाएर बसेका भक्तजनहरु कथा श्रवण गर्न पाएकोमा खुब आनन्दित देखिन्थे। म पनि त्यहि आनन्द भित्र मष्तसँग हराए। श्रीमद्भभागवत कथा वाचनकै क्रममा“आफुले जन्माएको सन्तानले वृद्ध अवस्थामा सेवा पु¥याउदैँन भने त्यो ठुलो पाप कर्म हो। आज त्यस्ता मानवता विहिन सन्तानबाट वेवास्ता गरि अलपत्र पारिएका बाबु-आमाको हृदयको खुशि र जीवनरुपी यात्राको विसाउने चौतारी बनेको छु” भन्ने वाचिकाको भनाईले मेरो हृदय खुशिले भावविभोर भयो।प्रेमरुपी आँसुले मेरा आखाँहरु भरिए। कथामा फेरि दया र करुणाका प्रसङ्गहरु आए। उनले जसमा५१ जना बाबु-आमा विहिन छोराछोरीलाई आज मातृत्वको वात्सल्यदेखि सम्पूर्ण जिम्मेवारीका भूमिका निर्वाह गरेको छु भन्दा आमा शब्दको महनता छचल्किएको आभाष भयो।
कथा वाचिकाको प्रवचन सुनिरहँदा म आफै भित्र एक किसिमको उर्जाले भरिए। किनकी म पनि एक आमा थिए। यतिधेरै सन्तानलाई गरिएको रेखदेख र पालनपोषणले नारी धर्तिकै ठुलो शक्ति हो भन्ने महसुस गाढा भयो। यस्ति दया–माया, करुणा र साहसले भरिएकि एक देविको रुप भएर आएकि महिलाको बारेमा सम्पूर्ण जीवनको पोको खोलेर सबैलाई छर्लङ पार्न मन लाग्यो। कथा विश्रामगरि आरतीको कार्यक्रम सकिएपछि म उनी नजिकै पुगे र आफ्नो परिचय सहित उनलाइ भेट्नुको मेरो
उद्देश्य अवगत गराए।
हाम्रो थोरै समयको कुराकानी पश्चात उनले पशुपति क्षेत्र भित्र आफ्नो आश्रम रहेको जानकारी गराईन्।अनि हामी उनको आश्रममा पुग्यौँ। त्यहाँ पुग्दा कोहि हाँसि रहेका थिए, कोहि रोइ रहेका थिए भने कोहि टोलाएर बसिरहेको थिए। सबैजना आ-आफ्नो किसिमको हाउभाउ र स्वभावमा थिए। “परिवार विहिन र भएकै आफन्तजनबाट अपहेलित रहेका व्यक्तिहरु यस आश्रममा राखिएको उनले बताइन्।”
५१ छोराछोरीकी आमा, वेवारिसे मानिसहरुको जीवन विसाउने चौतारी अनि आफनो सुमधुर स्वरबाट मन्त्रमुग्न बनाउँदै भागवत कथाको अमृत रसपान गराउँने यी महिला को हुँन् त ?
उनको नाम सुमि मानव रहेछ। मकवानपुर जिल्लाको हेटौँडा मयुरधापमा वि.स. २०४८ साल चैत महिनाको २९ गते मध्यम परिवार भित्र एघारजना छोराछोरी मध्य सातौ सन्तानका रुपमा जन्मिएकी सुमि मानवको वास्तविक नाम चाँही सुमित्रा चौलागाई रहेको छ।
उनले कक्षा १० सम्मको अध्ययन जन ज्योती माध्यमिक विद्यालयबाट गरेकी हुँन्। यस विद्यालयमा गायन, वकृत्वकला र पढाईमा उत्कृष्तता हासिल गर्ने अब्बल विद्यार्थीका रुपमा परिचित थिईन्।त्यसैगरि कक्षा १२ सम्मको अध्ययन प्रगति उच्च मा.वि. र स्नातक तहको पढाई हेटौँडा क्याम्पसबाट साथै एल.एल.वि नेपाल ल क्याम्पसबाट पुरा गरिन्। “आफुले वृन्दावनबाट श्रीमद्भभागवत महापुराण र भगवत गिताको पनि अध्ययन पुरा गरेको हामीलाई जानकारी दिईन् ।”
मेहेनती सुमिले करिब ९ वर्ष रेडियो थाहा एफ.एममा संञ्चारकर्मीका रुपमा काम गरिन् भने अन्य विभिन्न संघ–संस्थामा पनि उनको संम्लग्नता रहेको बताईन्।
२०७२ सालको भूकम्प पछि उनी जीवनका केहि सपनाहरुको भारी बोकेर काठमाण्डौँ प्रवेश गरिन।त्यहि क्रममा “सडकमा विच्चलित अवस्थामा अलपत्र रहेकी एक गर्भवती महिलालाई देखिन्। जुन दृश्यले उनको हृदय विक्षिप्त भयो।” किनकी उनी पनि एक सन्तानकी आमा थिईन र त्यो निर्दोष सन्तानलाई यस धर्तिमा जन्म दिन पाउने एक आमाको व्यक्तिगत अधिकार हो भन्ने उनलाई राम्ररी थाहा थियो। “सुमिले ती विचल्लित महिलालाई आफुले प्रेम र सद्भाव पूर्वक संरक्षण गर्ने मनसाय बनाइएको हामीलाई स्प्रष्ट पारिन।”
आज त्यो करुणा र प्रेमले भरिएको चौतारीको नाम मानव कल्याण समाज संस्थाका रुपमा परिचित छ।जुन नामले भन्दा पनि विशेषत कामले आफुलाई महत्वपूर्ण संस्थाका रुपमा परिभाषित गरेको छ। हाल त्यहाँ ५१ जना बालबालिका र २४९ वयस्क, वृद्ध-वृद्धाले आश्रय पाएका छन्।
यस संस्था संञ्चलनका क्रममा थुप्रै उतार चढावहरु आए। “कैयौँ दिन तातो भात खान नपाएर निस्सासिनु पर्यो। तरकारी किन्न नसकेर गुन्द्रुकलाई फरक- फरक रुपमा धेरै दिन सम्म प्रयोग गरेर जीवन चलाएको उनले बताईन्।”
सुमिले अलिकति पनि हरेष नखाई एउटी साहसि अभिभावकका रुपमा आफुलाई उभ्याएर यस संस्थालाई एक वर्ष भित्रै भक्तपुर जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गराईन्।” हाल आएर यो संस्था काभ्रेको पनौती र धुलिखेल, भक्तपुरको झौखेल, दाङको घोराही,
काठमाण्डौँको पशुपतिमा जम्मा गरि ३०० जना व्यक्तिहरुलाई सेवा दिँदै आईरहेको उनले नारी कोसिस डट कमलाई बताईन्।”
यो सेवा प्रदान गरिरहदा थ्रुप्रै परिवारलाई पुनर्मिलन गराएको छु। मृत्यु भईसकेको भनी काजकृया सम्पन्न गरिएका एक पुरुष जसकी श्रीमतीलाई उनका सासु -ससुराले ३३ बर्षको उमेरमा काखममा रहेको उनकी छोरी जिम्मा लिई पुन: विवाह गरी पठाईएका थिए। त्यस युवकलाई खुट्टाको औलाहरु कुहिएको अवस्थामा भेटि उनको सम्पूर्ण सेवा पुर्याई आफ्नो कामकाज गर्न सक्ने बनाएर ३ वर्षमा उनको परिवार सँग पुनर्मिलन गराएको छु। त्यो दिन यो संस्था संचालनका गर्ने क्रमको सबै भन्दा सुःखद क्षण रहेको कुरा सुमिले बताइन्।”
“आफ्ना बाबु- आमालाई वेवास्ता गरि त्यस संस्थासम्म ल्याईपुर्याईएको” एक बृद्धको सन्तानले आमाको मुख हेर्ने दिन खानेकुरा बोकेर फर्कदा ती बोली स्पष्ट नआउने वृद्धका औलाले त्यो मेरो सन्तान हो भनी देखाउँदा त्यो पल असाध्यै पिडादायी रहेको भन्दै भक्कानिदै सुनाइन्।”
कोरोनाकालको समयमा बालबालिकासँग लामो समय व्यतित गरिरहँदा उनी भित्र एक किसिमको छटपट्टि पैदा भयो। आफुसँग रहेका यी बालबालिकालाई कसरी असल शिक्षा र संस्कार दिने भन्ने कुरालेपिरोली रहँदा भगवत गिता पढ्ने अवसर पाईन्। ती गिताका हरेक हरफले श्रीमदभागवत महापुरणतर्फ बिस्तृत अध्ययन गर्नको लागि आकृर्षित गरायो र उनी वृन्दावनतर्फ अध्ययन पुरा गर्नको लागी प्रस्थान गरिन्।
वृन्दावनबाट श्रीमद्भभागवत महापुराण र भगवत गिताको अध्ययन पुरा गरेर आउँदा सुमिले आफु भित्र उज्यालोको एउटा ब्रम्हाण्डरहेकोअनुभूति गरिन्। त्यही उज्यालो ज्ञानले अब म भागवत बाचिका भएर सबैलाई उज्यालो तर्फ उन्मुख गराउँछु भनि प्रतिबद्ध भई आज सयौँ भक्तजनलाई आफ्नो वाचनकलाले आफुतिर आर्कषित गरिरहेकि छिन्।
मानव अधिकार राष्ट्रिय युवा सम्मान २०८१ पुरस्कारबाट सम्मानित सुमि अन्य विभिन्न संघ संस्थाबाट पनि सम्मानित भएकी छिन्।
मानव कल्याण समाजकि अध्यक्ष तथा भागवत बाचिका सुमि मानवले हामी सबै मानव जातिलाईआत्माको सम्बन्ध परमात्मासँग जोड्दै यस धर्तिमा दया, माया, करुणा, स्नेह,सहनसिलता र शाहसी हुनुपर्छ भन्ने कुराको पाठ सिकाएकी छन्। उनको यो शाहसीपूर्ण मानवीय कार्यलाई हामी सबै नेपालीले गर्व गर्नैपर्छ ।
तपाईको प्रतिक्रिया