शिवलिङ्गमा किन जल र दूध चढाइन्छ ?
पौराणिक कथाअनुसार अमृत प्राप्त गर्नका लागि श्रावण मासमा देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेका थिए । समुन्द्र मन्थनमा कौस्तुभमणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्चश्रेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि कालकूट नामको विष निस्कियो ।कालकूट विष प्रकट हुनेबित्तिकै पृथ्वीमा ठूलो प्रलय आई सारा वातावरण दूषित बनी सम्पूर्ण प्राणीहरू त्राही–त्राही भई मर्न लागे । त्यो विष कति ज्यादा खतरनाक थियो भने त्यसले पृथ्वीका सम्पूर्ण जीवन नै समाप्त पार्न लाग्यो ।त्यो देखेर भगवान् शिवले सबै जीवित प्राणीहरूलाई बचाउनको लागि कालकूट विषलाई आफ्नो कण्ठमा ग्रहण गरे ।अनि उनको कण्ठ नीलो भई शरीर रातो, तातो एवं अत्यधिक गर्मी पैदा भई अधैर्य हुन लाग्यो । त्यो देखेर अरू देवताहरूले उनको शरीर शान्त बनाउन जलले अभिषेक गर्न थाले । जसको कारण भगवान शिव शान्त र ज्यादै प्रशन्न भए ।
त्यसैकारणले भगवान शिवको शरीरमा जलन हुन थालेपछि यसलाई शान्त पार्न जल, दूध, दही पिलाईएकोे थियो । त्यसैले शिवलाई शीतलता प्रदान गर्न शिवलिङ्गमा जल, दूध, दही, घिउ जस्ता शीतल पदार्थ चढाउने चलन छ ।
वैज्ञानिक कारण
शिवलिंगको निर्माण विशेष किसिमको ढुङ्गाबाट हुने गर्छ । उक्त ढुङ्गालाई खिइनबाट रोक्न त्यसमा दूध, ध्यू, मह जस्तो चिल्लो पदार्थहरू चढाइन्छ । जसको कारण शिवलिंगको आकार खिइनबाट रोक्ने गर्छ ।
यदि शिवलिंगमा चिल्लो पदार्थ अर्पन नगर्ने हो भने समय क्रममा घामपानीको प्रभावले शिवलिंग टुक्रिने सम्भावना हुन्छ । त्यसैले यसलाई सकभर भिजेको अवस्थामै राख्नु राम्रो हुन्छ । यसो गर्दा शिवलिंग हजारौँ वर्षसम्म नटुक्रिएर सग्लो नै रहन्छ । यसरी अर्पण गरेको चिल्लो पदार्थलाई कतिपय शिवलिंगले सोस्ने समेत गर्छ ।
तपाईको प्रतिक्रिया