के हो मधुमेह ? कसरी बच्ने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
के हो मधुमेह ? कसरी बच्ने ?

Share

नारीकोसिस डटकम । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई चीनीरोग भनिन्छ । मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।

इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।

मधुमेहका लक्षणहरु
साधारण लक्षणहरु
– कमजोरी महशुस हुनु
– छालाको संक्रमण हुनु
– खुट्टाहरु लुलो हुनु
– योनी, चाक र औलाको काप र स्तनमूननि चिलाउनु
– दाद फोका फोकी आउनु
– घाउ खटिरा आउनु
– तौल घट्नु
– छालाको रंग परिवर्तन हुनु

रोग बढ्दै गएमा
– हृदयघात मष्तिष्कघात
– मृगौलाबाट दृष्टिघात
– काँधको जोर्नी जाम हुने
– खुट्टामा घाउ आउनु
– नसा, नाडी सुक्ने
– छालाको संमेदना शक्ति घट्नु
– मृत्यु

स्नायु प्रणाली
– धेरै भोक लाग्नु
– धेरै तिर्खा लाग्नु
– धेरै थकाई लाग्नु
– मानसिक जडता

श्वास प्रश्वास
– श्वासमा एसीटोनको गन्ध आउनु
– दम बढ्नु

पेट तथा आमाशय
– वाकवाकी लाग्नु
– पेट दुख्नु

प्रतिरक्षा प्रणाली
– प्रतिरक्षा प्रणाली कमजोर हुनु
– घाउ चाँडै निको नहुनु

मुत्र तथा ज्ञननेन्द्रियमा
– धेरै पिसाव लाग्नु
– पिसावमा कमिला लाग्नु
– पिसावमा ग्गुलगोज देखापर्नु
– गुप्ताङ चिलाउनु

मधुमेहको उपचार

– स्वास्थ्यकर भोजन खाने

– शारीरिक व्यायाम गर्ने

– शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ

– रक्तचाप नियन्त्रण गर्ने

– बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

तपाईको प्रतिक्रिया