मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालियो
३१ भदौ, काठमाडौं। मृतक परिवारका सदस्य र आफन्तहरूले शवयात्रा सहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायत निर्णय गरेको थियो ।
त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।
तपाईको प्रतिक्रिया