श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको २१ औं बार्षिक साधारणसभा सम्पन्न

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

नारी कोसिस डटकम /श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा कागेश्वरी मनोहरा वडा नम्बर -८ ,काठमाडौं अवस्थित नौतनधाममा सम्पन्न भएको हो ।

 

कार्यक्रममा नवतनधामका गादिपति बाबाजि १०८ अमृतराजजि महाराजले महामती श्री प्राणनाथजिले जगाउनु भएको श्रीकृष्ण प्रणामी धर्मको मूलमर्म बुझि यस मार्गको हामी सबैले अनुशरण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।त्यसैगरी महन्त श्री १०८ पुरुषोत्तम महाराजजिले दया, माया र करुणाकी प्रतिमूर्ति बाईजुराज महारानीको महिमाको बारेमा चर्चा गर्नुभयो ।

यस कार्यक्रममा सभाअध्यक्षताको भूमिकामा रहनु भएकी श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालकी केन्द्रीय अध्यक्ष मिरा खतिवडा सन्जेलले महिला सशसक्तिकरण, सामुहिक एकता र बाईजुराज महारानीले देखाएको धार्मिक मार्गमा एकजुट भई अघि बढ्न यस समितिको स्थापना गरिएको बताउनु भयो ।

उक्त साधारण सभामा समितिका केन्द्रीय उपाध्यक्ष शारदा अधिकारीले स्वागत मन्तव्य र महासचिव सविता सापकोटाद्वारा प्रगति प्रतिवेदन प्रस्तुत साथै कोषाध्यक्ष किरण दाहालद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका पूर्व अध्यक्ष मदन कृष्ण शर्मा, संरक्षक परिषद्का संयोजक राघवराज रेग्मी, सेवा समितिका सल्लाहकार संयोजक रेसमराज ढकाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष कौशल फुयाँल, सल्लाहकार गंगा घिमिरे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया