योनीबाट सेतो पानी बग्ने समस्या र यसबाट बच्ने उपाय

नारीकोसिस डटकम । अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याबाट पीडित छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ ।
सामन्यतया महिनावारी हुनुभन्दा पाँच दिनअघिदेखि महिनावारीपछिको १४ दिनसम्म धेरै पानी बग्न सक्छ । कहिलेकाहीँ महिलाको योनिबाट चिप्लो पानी पनि बग्न सक्छ । यस्तो पानीको गन्ध आएन भने यसलाई समस्याको रूपमा नलिँदा हुन्छ ।
धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन सक्छ । महिलामा सेतो पानी बग्ने समस्या सिर्जना हुन सक्छ ।
यौनसम्पर्कका कारण संक्रमण भएमा योनिबाट पिपजस्तो पदार्थ पनि बग्न सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ ।
सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा सचेत हुनुपर्ने के छ भने कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन ।
साबुनले सफा गरेमा योनि सुक्खा हुन्छ र चिलाउने समस्या हुन्छ । अनि, सेतो पानी बग्न थाल्छ ।
बच्ने उपाय
तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ । महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दल्ने ।
सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गन्हाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।
यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुने हुदा यसमा नियन्त्रण गर्नुपर्दछ ।
मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ । सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । एजेन्सीको सहयोगमा
तपाईको प्रतिक्रिया