नियमित गाजर खानुहुन्छ ? यस्ता छन् फाईदा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
नियमित गाजर खानुहुन्छ ? यस्ता छन् फाईदा

Share

नारीकोसिस डटकम । गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन। गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।

फाईदा
– गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ ।

– ग़ाजरको जुसमा हुने भिटामिन K ले चोटपटक लाग्दा रगतलाइ जमाउनमा मद्दत गर्दछ र रगत बग्नबाट जोगाउँदछ । भिटामिन K चोट गर्नमा निकै सक्षम हुन्छ । गाजरमा रहेको भिटामिन C ले घाउ ठिक गर्नुका साथै गिजालाइ समेत स्वस्थ राख्दछ ।

– गाजरको जुसमा क्यान्सरसंग लड्ने गुण हुन्छ । यसमा केरोटेनोइड नामको एक बिशेष तत्व हुन्छ, जसलाइ प्रोस्टेट, कोलोन, र स्तन क्यान्सरबाट लड्नमा निकै महत्वपूर्ण तत्व मानिन्छ ।

– तपाईंलाई धेरै पाद आइरहने समस्या छ रु यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ ।

– आँखालाई स्वस्थ राख्छ ।

इत्यादि

तपाईको प्रतिक्रिया