यी हुन् दशैंमा स्त्री र पुरुषलाई दिइने मन्त्र

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

१६ असोज काठमाण्डौं ।  दशैमा मान्यजनबाट टिका प्रसाद ग्रहण गरी आर्शिबाद लिइन्छ । यसरी दशैमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।

पुरुषलाई आशीर्वाद दिने मन्त्र 
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

स्त्रीलाई आशीर्वाद दिने मन्त्र 

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे
वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतं च ।

अर्थात् तिम्रो घरमा कमलका जस्ता आँखा भएकी लक्ष्मीको बास होस्, तिम्रो घाँटीमा सरस्वतीले वास गरुन्, तिम्रा बन्धु–बान्धव बढून्, सम्पूर्ण शत्रुहरू पाताल पुगून्, जूनझैँ स्वच्छ, चमेलीको बास्ना जस्तो तिम्रो कीर्ति देश देशावरसम्म फैलियोस्, छोरा नाति आदि सकल परिवारले सहित भई तिमी १०० वर्षसम्म बाँच ।

तपाईको प्रतिक्रिया