आयो दशैं

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आयो दशैं

Share

सुनिता तामाङ

के गाउँ के शहर
बडा दशैं सवैका लागि
उस्तै रहर बोकेर
आयो दशैं,

के गरिब के धनि
सुखःदुख विसाउनको लागि
हर्ष, उलास, उमंग बोकेर,
आयो दशैं,

के जात के धर्म
एकतामा लहराउनको लागि
एकताको सन्देश लिएर
आयो दशैं,

के स्वदेश के विदेश
हामी सवै नेपालीहरुको लागि
आफ्नोपनको आभाष लिएर
आयो दशैं ।।।

तपाईको प्रतिक्रिया