भैमाल युवाक्लवद्धारा आयोजित मैत्रीपूर्ण फुटवल शुुभकामना प्रतियोगिता सम्पन्न

असोज–२७ काठमाण्डौ, भैमाल युवा क्लवले ‘राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल’ भन्ने नारा सहित विजय दशमीको सु-अवसरमा पारी आयोजना गरिएको मैत्रीपूर्ण फुटवल शुभकामना प्रतियोगिता सम्पन्न भएको छ । शनिवार कागेश्वरी मनोहरा–९, गोठाटार अर्किट स्कुलमा आयोजना गरिएको उक्त प्रतियोगितामा क्लव अन्र्तगतका सदस्यहरुविच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको हो ।
उक्त प्रतियोगितामा १२ वटा समूहलाई सहभागिता गराइको थियो । जसमा समूह डि र ई मध्ये समूह डि प्रथम भएको हो । प्रथम प्रतिस्पर्धी समूह ‘डि’ र दोस्रो स्थान हासिल गर्ने समूह ‘इ’ लाईलाई प्रमाण पत्र सहित सिल प्रदान गरिएको थियो । विजय तथा उत्कृष्ठ खेलाडिहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. का ९ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुन्दन खड्काले सिल, मायाको चिनो र प्रमापत्र वितरण गर्नुभएको हो । साथै प्रतियोगी सवै खेलाडिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । मनोरञ्जन तथा हार्दिकता आदनप्रदान गर्ने उद्देश्यले वार्षिक रुपमा क्वलले मैत्रीपूर्ण फुटवल शुुभकामना प्रतियोगिता आयोजना गर्ने गरेको क्लवका अध्यक्ष सविन दाहालले बताउनुभयो ।
कार्यक्रममा का.म. ना.पा. ९ का वडा सदस्य रामहरी गौतम, क्लवका सल्लाहकार गोपाल प्रसाल पोखरेल, देवि कुमार श्रेष्ठ, वोधनाथ पुरी, समाजसेवि कृष्णप्रसाद दाहाल र अर्किट स्कुलका व्यवस्थापक प्रेम कुमार भुजेल अतिथिका रुपमा उपस्थित थिए ।
तपाईको प्रतिक्रिया