दशै त्यो गाउँमै रमाएको देख्छु म

निर्मला सापकोटा सञ्जेल
दशैंमा त्यो शहर
चुपचाँप र मौन छ
घरहरु एकआपसमा
जोडिएर के गर्नु र
हजुर !
त्यहाँ त एकले अर्कोलाई
नचिन्ने नै ठहर छ
शहरमा घरहरु पक्का -पक्का छन्
सम्बन्ध चाहि बिना हार्दिकताका
कच्चा -कच्चा छन्
शहरमा घरहरु नजिक नजिक छन्
मन चाहि कता हो कता टाडा छन्
त्यसैले होला
दशै गाँउमै रमाएको देख्छु म
कतै पिङ
कतै लंगुरबुर्जा
कतै आत्मियता जमाएको समूह
रातो माटोले
लप्पक लिपेको घर
बिस्कुन सुकाएको आँगन
ढकमक्क फुलेको फुलबारी
आगनको छेउमा दाउराको चाङ
नातो बान्दै
ढिकी कुटिरहेकी आमा
चिउरा निफनी रहेकी दिदि
साच्चै !
दशैले चाहि
गाँउमै जमाएको देख्छु म
दशैं गाँउमै रमाएको देख्छु म
स्वच्छ हावा
तिर्खा मेटिने त्यो कुँवाको
स्वच्छ मूलकोपानी
माथ्ला घरकी दिदि
तल्ला घरे साईंला दाई
साथी र सँगिको मिठो प्रेम
आँहा !
दशैं त गाँउतिरै धानका बाला झै
झुलेको देख्छु म
दशै त गाँउितरै
जुनेली र उजेली बनेर फुलेको देख्छु म
परदेशिएको छोरो
दशैमा नजिक नपाउँदा
पल्लाघरकी आमाको
गहभरी आँखामा आशु देख्छु म
परदेशिएको पति
साथभरी नपाँउदा
आङभरी घाम नलागेको त्यो
साईलीको निरासलाग्दो अनुहार देख्छु म
बाबाले ल्याइदिएको
दशैंको नाना र चाचामा
रमाउन नपाएका ती लालावालाको
मलिन अनुहार देख्छु म
दशै नेपाली ती यूवाहरुलाई
विदेसिने सपना छुटाउ भनि
आव्हान गरिरहेको देख्छु म
दशै गाउँतिरै भरिरहेको देख्छु म
युवा जोस र जागर भरिएको
सिर्जना सँग लुकामारी खेल्न
दशैं न्यास्रिएको देख्छु म
दशैं सबै जात र धर्म
सबै भेष र भुष्षा
सबै बर्ग सँग गाँउतिरै
रमाएको देख्छु म
आफनोपन चाहि
दशैले गाउतिरै समाएको देख्छु म
दशैं त गाँउमै रमाएको देख्छु म
तपाईको प्रतिक्रिया