शरद ऋतुमा पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धि नियमहरु
नारीकोसिस डटकम । असोज र कार्तिक यी दुई महिनालाई शरद ऋतु भनिन्छ । यस ऋतुमा बर्षा सकिएर वाताबरणमा केहि गर्मिपन छाएको हुन्छ ।आयुर्वेदमा रोगहरुको जननी शरतलाई ऋतु मानिन्छ ।त्यसैले यस ऋतुमा अन्य ऋतुहरुमा भन्दा बढि साबधानि अपनाउनु पर्ने भएकोले दशै , तिहार जस्ता पर्वहरुको चलन चलाई व्रत उपासना गर्ने परम्परा चलिआएको छ । यस ऋतुमा ज्वरो तथा मलेरिया जस्ता जीर्ण रोगले आक्रमण गर्नसक्छ । त्यसैले यस ऋतुमा प्रकृति अनुकुल आहार विहार गर्नु नै स्वास्थ्य रहने उपाय हो ।
शरत ऋतुमा पालना गर्नुपर्ने आहार नियम
१. यस ऋतुमा पित्तको प्रकोप बढ्ने कारण यसलाई जसरी पनि शरीर बाहिर निकाल्नु पर्दछ । त्यसलाई वमन गरेर वा औषधी खाई दिशाबाट दुई तरीकाले निकाल्न सकिन्छ ।
२. वायु प्रकृतिका ब्यक्तिले यस ऋतुमा गाइको घिउ खानु उपर्युक्त मानिन्छ भने कफको समस्या भएका ब्यक्तिलाई तितो पिय पदार्थ सेवन गर्नु उचित हुन्छ ।
३.यस ऋतुमा जतिसक्दो दुधको सेवन गर्नु राम्रो मानिन्छ ।
४.यस ऋतुमा पितको कारण शरीरमा गर्मीको मात्रा बढ्ने हुनाले बढि शितल चिजहरु खाने गर्नुपर्दछ ।
५.यस ऋतुमा सजिलै पच्ने हलुगों चिजहरु खानु राम्रो मानिन्छ ।
मनोविद् :महालक्ष्मी आचार्य
तपाईको प्रतिक्रिया