मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजयादशमी मनाइदै

कात्तिक–३, काठमाडौं। स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने दशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिने विजयादशमी मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदैछ ।
देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ।
तपाईको प्रतिक्रिया