सु:ख र दु:ख विचको यात्रा हो जीवन

सुनिता तामाङ
सु:ख र दु:ख विचको यात्रा हो जीवन
यो यात्रा देखि थाकि बस्छु नभन,
हार जीतको खेल हो जीवन
हारेको जीवन सम्झी पिडाहरु नगन,
सागर हो जीवन
गईराईसम्म पुग्ने प्रयास गरिराख,
नदी हो जीवन
निरन्तर बग्ने अभ्यास भरिराख,
संर्घष र चुनौतीसँग लडेर
लक्ष्य हाँसिल गर्नुपर्छ,
हर अध्याँरा रातहरु काटेर
जीवनमा विहानी भर्नुपर्छ ।।।
तपाईको प्रतिक्रिया