तिमीसँग…

यामुना थापा
तिमीसँग
कति ढुक्क छु म
तिमीसँगको भविष्यसँग
अझ भनै अनिश्चित भविष्यसँग,
जहाँ कुनै आशा छैनन्
अपेक्षा छैनन्
न त कुनै प्रतीक्षा नै छ,
मात्र आनन्द छ
तिमीसँग केहिपल हुनुको
मज्जा छ
तिमिसँग केहिपल जिउनुको,
प्रत्येक पलमा आनन्द छ
प्रत्येक पलमा सुकुन छ,
न छट्पटी, न त्रास न शंका
अह केही छैन
छ त केवल जताततै प्रेम नै प्रेम,
यस्तो प्रेम सायदैले पाउछन्
अनि सायदैले रोज्छ्न्
तर म खुशी छु उन्माद खुशी किनकि
म मेरो प्रेममा स्वतन्त्र छु,
तिमीसँगका पलमा आनन्दीत छु
प्रेमिल छु र ठूलो कुरा मात्र म प्रेमिका छु !!!
तपाईको प्रतिक्रिया