सम्बनधका चौतारीले

जीवनले मिठो
सम्बन्धको चौतारी बनाउछ
घुम्तिहरु यदाकदा यस्ता हुन्छन
जहा
अनायसै आसुका प्रहरहरु समाउछ
हेलाले बनाएका नहरहरु
कति त तर्नै नसकिने बनाउछ
कस्तो सम्बन्धमा जेलिएको छ
यो जीवन
सस्तो जीवन लाग्नेले
धेरैलाई उठबसको चौतारी बनाउछ
छलकपटका शहरहरु समाउछ
तर
अन्याय गर्न नजानेका
सम्बनधका चौतारीले
आशुले छप्पक्क भिजेका परेलीहरु
हुदापनि
रातका जुनहरु गन्दै
उज्यालोछुदापनि
आत्मासम्मानले भरीएको
जीवनका त्यो मूल्य समाउछन
दिलासा “स्पर्शी”
तपाईको प्रतिक्रिया