गजल

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
गजल

Share

दिलासा “स्पर्शी”

सिसासरी टुक्रा-टुक्रा, कति चोटि पार्यौ सानु
आँशुका नदि भित्र, कति चोटि सार्यौ सानु

तिम्रा खुसीका लागि, फलेको हाँगो झै नुहुदा म
मुर्छित बनाई कति चोटि, चिहानतिर सार्यौ सानु

अभावै अभावका कति कति, मेरा प्रहर थिए
निर्दयी मन देखाई, कति चोटि मार्यौ सानु

आँशु पुछने हातहरु नै, मेरा नजिकका साथी थिए
सम्बन्धको चौतारीलाई,  मुल्यहिनमा पार्यौ सानु

 

तपाईको प्रतिक्रिया