२१ फागुनमै चुनाव हुन्छ : अर्थमन्त्री

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

पुष ९, विराटनगर । विराटनगरको आर्थिक र व्यापारिक गतिविधिमा नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्नुभएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै अर्थमन्त्री खनालले फागुन २१ मा नै निर्वाचन हुन्छ, कुनै शंका नगर्न आग्रह गर्नुभएको हो । २१ फागुनको निर्वाचनका लागि आन्तरिक तयारी र अन्तर्राष्ट्रिय सहयोग एवं समर्थन जुटिसकेको पनि उहाँले बताउनुभयो ।

१९ पुससम्म सञ्चालन हुने एक्स्पोमा घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा जम्मा २३० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीमा कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको स्टल राखिएको छ ।

तपाईको प्रतिक्रिया