रवि, बालेन र कुलमानबीच सहमति, रास्वपाको उपसभापति घिसिङ
पुस १४, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।
स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताउनुभएको छ । ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे’, उहाँको दाबी छ। तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताउनुभएको छ । केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताउनुभएको छ।
सोमबार काठमाडौंमा उनीहरूबीच पुनस् भएको छलफलमा सहमति जुटेको हो ।



तपाईको प्रतिक्रिया