कांग्रेस, एमाले र रास्वपासहित ६५ दलले बुझाए समानुपातिकको बन्दसूची

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस १५, काठमाडौँ । निर्वाचन आयोगमा कांग्रेस एमाले र रास्वपासहित ६५ दलले बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया