कागेश्वरी मनोहरा नगरपालिकाको १३ औँ नगर अधिवेशन सम्पन्न
पुस १६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको १३ औँ नगर अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सम्मन्न सो अधिवेशनमा सोहिनगरका नगर प्रमुख उपेन्द्र कार्की, उपाध्यक्ष शान्ता थापा, सवै वडाका वडा अध्यक्ष र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनमा नगरप्रमुख कार्कीले प्रगति विवरणसहित बजेट संशोधनसम्बन्धी प्रस्ताव पेस गर्दै आर्थिक चुनौतीका कारण बजेटको आकार घटाउनुपर्ने अवस्था आएको बताउनुभएको छ।
अधिवेशनमा नगरपालिकाका निति तथा कार्यक्रम वजेट कार्यन्वयन, सेवा प्रभाह र विकास निर्माणका विषयमा विस्तृत छफलफल गरिएको थियो ।



तपाईको प्रतिक्रिया