अग्रेजी वर्ष २०२६ सुरु

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस १७, काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आज (बिहीबार) इस्वी संवत्‌को नयाँ वर्ष (अंग्रेजी) सन् २०२६ सुरु भएको छ । नयाँ वर्ष सन् २०२६ अवसरमा उक्त पात्रो अनुसारको चाडपर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्। 

नेपालमा पनि पछिल्लो समय अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने गरिन्छ ।

नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँका ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाईरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया