विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुुस १८, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

प्राधिकरण प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न माग गरेको हो।

चार्टर्ड एकाउन्टेन्ट, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, दसौँ तहको सहनिर्देशक, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।

उक्त सूचना अनुसार आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेवसाइटमार्फत अनलाइन आवेदन दरखास्त दिन सक्नेछन्।

https://www.nea.org.np/admin/assets/uploads/supportive_docs/17968184.pdf

 

 

 

तपाईको प्रतिक्रिया