बुद्ध एयरको विमान चन्द्रगढीमा दुर्घटना, ५५ यात्रु सकुशल

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस १९, झापा । काठमाडौँ बाट झापाको भद्रपुर विमानस्थलका लागि उडेको जहाज भद्रपुरमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जहाजमा रहेको ५१ जना यात्रु र ४ जना चालक दल सहितको सबैजना सुरक्षित रहेको छ भने प्रहरीले जहाज ३०० मिटर पूर्व पट्टी गएर भास्सिएर क्षतिग्रस्त भएको र सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।

काठमाडौंँबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ५५ जना बोकेर उडेको बुद्ध एयरको (एन–एमएफ) कलसाइन भएको एटीआर ७२ को विमान शुक्रबार राति करिब ९ः१० बजे अवतरणका क्रममा रनवेबाट बाहिर पुगेको हो।

​प्रहरी उपरीक्षक  लिम्बूका अनुसार काठमाडौँबाट राति ८ः२३ बजे उडेको उक्त जहाज चन्द्रगढी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेको पूर्वतर्फ ओभर रन भई करिब तीनसय मिटर अगाडि पुगेर भासिएको छ।

 

तपाईको प्रतिक्रिया