निर्वाचनका लागि डेढ लाख प्रहरीको भर्ना खुल्दै
पुस १९, काठमाडौ । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन्।
शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टाछुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृहसचिवले त्यसलाई स्वीकृत गरेसँगै भर्ना प्रक्रियाका लागि बाटो खुला हुनेछ।
गृह मन्त्रालयबाट स्वीकृत भएसँगै दुवै प्रहरीले भर्ना प्रक्रिया अगाडि बढाउन देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनेछन्। आइतबारसम्ममा गृह मन्त्रालयबाट स्वीकृत गर्ने तयारी रहेको गृहका एक अधिकारीले बताउनुभयो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले गृह मन्त्रालयबाट स्वीकृत भएर आइसकेपछि भर्नाको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।



तपाईको प्रतिक्रिया