सोमतिर्थ मन्दिर प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक फाल्चाको उद्घाटन

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस १९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा निर्मांणधिन सोमतिर्थ मन्दिर प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक फल्चाको उद्घाटन गरेको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी नगर प्रमुख उपेन्द्र कार्कीले उक्त फल्चाको उद्घाटन गर्नुभएको हो।

नगरपालिकाको सहयोगमा बनेको उक्त फाल्चा १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले धार्मिक सम्पदा कहिल्यै नमासिने र दीर्घकालीन सम्पत्ति भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सडक, बाटो र अन्य भौतिक संरचना आज बनायो भोलि भत्किन सक्छन्, तर धार्मिक सम्पदा कहिल्यै मासिँदैनन्, यस्ता सम्पदाहरू दीर्घकालीन र पुस्तौँसम्म हस्तान्तरण हुने खालका हुन्छन्।”

यसै वडामा थप तीन वटा फल्चा निर्माणको प्रक्रिया अगाडि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया