भेनेजुएलाका राष्ट्रपति अमेरिकामा, तस्विरसहित सार्वजनिक

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुुस २०, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गिरफ्तार पछि तस्बिर सार्वजनिक गरेका छन्।

मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन्।

तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन्।

घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन्।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी श्रीमतीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

तपाईको प्रतिक्रिया