इन्फ्लुएन्जाबाट कसरी बच्जे ?

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस २४, काठमाडौं । जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लूं) को जोखिम उच्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चिसोमा सहजै सक्रमण बढ्ने इन्फ्लुएन्जाबाट जोखिन विशेष ध्यान दिनुपर्नेमा मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको हो ।

यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्ने केन्द्रले जनाएको छ ।

ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु फ्लूका लक्षण हुन् । “नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु पनि यसका लक्षण हुन्,” केन्द्रले भनेको छ, “तर, फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।”

बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्नुपर्ने केन्द्रको भनाइ छ ।

फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने केन्द्रले प्रष्ट पारेको छ ।

 

 

तपाईको प्रतिक्रिया