कागेश्वरीमा “एक घर, एक धारा” खानेपानी आयोजना

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस २४, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले “एक घर, एक धारा” अवधारणालाई आत्मसात् गर्दै स्वच्छ, सुरक्षित र दिगो खानेपानी सुनिश्चित गर्ने उद्देश्यसहित ठुलो खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ। सात वटै वडाका नागरिकलाई स्वच्छ पानी वितरण गर्न ओभरहिट खानेपानीको ट्याङकी, अण्डरग्राउण्ड पानी ट्याङकी लगायतका संरचनाको काम भइरहेको छ ।
यस आयोजनाले घर–घरमा शुद्ध पानीको पहुँच पुर्‍याउँदै नागरिकको दैनिकी सहज बनाउने, जनस्वास्थ्य सुधार गर्ने र समग्र शहरी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

हाल वडा नं. १ र २ का नागरिकले मुहानकै पानी पिउने गरेका छन् । वडा नं. ३,४,५ ७, र ९ मा टिप वोरिङ मार्फत पानी वितरण हुदै आएको छ ।

तपाईको प्रतिक्रिया