सुदन गुरु गोर्खाबाट चुनाव लड्ने

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस २५, काठमाडौं । हामी नेपाल अभियानका अगुवा सुदन गुरुङ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा १ बाट चुनाव लड्ने भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गृह जिल्ला गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।’

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।

 

तपाईको प्रतिक्रिया