विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया भोलि
पुस २८, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सोमबार बन्दसत्र समपन्न भएको छ । आज सम्पन्न बन्दसत्र भोलि मंगलबार बिहान फेरि सुरु गर्ने भएको हो।
आजको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमा महाधिवेशन प्रतिनिधिले समूहगत छलफल गर्नुभएको थियो।
महाधिवेशन पक्षधरका नेता सुवाषकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार आज छलफल नसकिएपछि फेरि मंगलबार बन्दसत्र जारी रहेको हो ।
विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले पेश गर्नुभएको प्रतिवेदनमाथि छलफल जारी रहेको उनले बताउनुभयो। सोमबार भएको छलफलमा कोसी प्रदेशको टोलीले आफ्नो समूहगत प्रतिवेदन बुझाएको छ।



तपाईको प्रतिक्रिया