पाचौं बागमती स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ सम्पन्न

कोशिस मल्टिमेडिया
४ घण्टा पहिले

Share

पुस २८, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा संचालित “खेलाडीको वरियता निर्धारण सहितको पाचौं बागमती स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२” सम्पन्न भएको छ ।

२ दिनसम्म चलेको सो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

 प्रतियोगितामा २ सय २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् ।

 

 

तपाईको प्रतिक्रिया