कांग्रेस विशेष महाधिवेशन बन्दसत्र ९ बजे सुरु हुने
पुस, २९, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज मंगलबार बिहान ९ बजेबाट सुरु हुँदै छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले दिनभएको जानकारी अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो ।
पाटिको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।



तपाईको प्रतिक्रिया