नगरपालिकाबाटै मालपोत,जग्गासम्बन्धी प्रशासन सेवा : कागेश्वरी मनोहरा पहिलो
पुस २९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत जग्गासम्बन्धी प्रशासन सेवा सञ्चालन हुने भएको छ ।
नेपालको ७५३ वटा नगरपालिकामध्ये पहिलो पटक सो नगरपालिकाबाट मालपोतसम्बन्धी जग्गा प्रशासन सेवा सञ्चालन गर्ने ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
लामो समयदेखि गरिएको निरन्तर, समर्पित तथा अथक प्रयासको फलस्वरूप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रो. डा. कुमार इङ्नामको विशेष उपस्थितिमा शहरी विकास मन्त्रालयको सभाहलमा आज मंगलवार हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ ।
समारोहले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको स्थानीय सरकारको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढ र ऐतिहासिक कदम स्थापित गरेको बताइएको छ ।
उक्त समझदारीसँगै अब कागेश्वरी मनोहरा नगरपालिकावासीहरूले जग्गा नामसारी, दर्ता, अभिलेख व्यवस्थापन लगायतका मालपोतसम्बन्धी सेवाहरू आफ्नै नगरपालिकाबाट सहज, छरितो, पारदर्शी र नागरिकमैत्री रूपमा प्राप्त गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया