जाडोमा छालालाई कसरी हेरचाह गर्ने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
जाडोमा छालालाई कसरी हेरचाह गर्ने ?

Share

जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या आउन सक्छ। विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने गर्छ। जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु इत्यादि हुन् । साथै वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपायहरु अपनाउनुपर्छ।

कसरी हेरचाह गर्ने ?

१. पर्याप्त पानी पिउने
२. तातोपानीले वाफ लिने । यसले बन्द भएको रोमछिद्र खुल्छ
३. मौसमी फलफुल खाने ।
४. मनतातो पानीले नुहाउने
५. जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने ।
६. धेरै हिटर नताप्ने। लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ ।

तपाईको प्रतिक्रिया