कुलमान घिसिङले गरे पार्टि एकता

कोशिस मल्टिमेडिया
५ दिन पहिले

Share

माघ १, काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा एक कार्यक्रम सहित एकता भएको हो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् ।

जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलनको भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए ।

पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्ष दिएको छ । त्यस्तै,पोर्तेल पार्टीका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने गरी समझदारी भएको छ ।

 

 

तपाईको प्रतिक्रिया