सभापति गगन थापाटोली निर्वाचन आयोग जाँदै

कोशिस मल्टिमेडिया
४ दिन पहिले

Share

माघ २, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाविधेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जान लागेका छन्।

चुनाव चिह्नलगायतका विषयमा छलफल गर्नका लागि भनेर आयोगले बोलाएकाले जान लागेको नेता सुभाष पोखरेलले बताउनुभयो।
यसअघि शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतको टोली आयोग पुग्नुभएको थियो। उहाँरूले आधिकारिता दाबी गर्दै आयोगमा कागजात बुझाउनुभएको थियो।

त्यस्तै, बिहीबार थापा नेतृत्वको टोली आयोग पुगेको थियो। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी दिँदै अद्यावधिक गर्न निवेदन दिएको थियो। फेरि आज थापा नेतृत्वको टोली आयोग जान लागेको हो।

 

 

 

तपाईको प्रतिक्रिया