अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छः मेयर बालेन

कोशिस मल्टिमेडिया
४ दिन पहिले

Share

माघ २, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताउन्भएको छ ।

२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रवार मेयर शाहले सामाजिक संजाल आप्mनो फेसबुक मार्फत सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताउनु भएको हो।

उहाँले लेख्नुभएको छ ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।
अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।
हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो’

https://www.facebook.com/balenOfficial/posts

तपाईको प्रतिक्रिया