देउवा पक्षको कार्यसमितिको बैठक आज बस्दै

कोशिस मल्टिमेडिया
३ दिन पहिले

Share

माघ ३, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्दैछ। बैठक विहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज बिहान बोलाएबको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापापक्ष कांग्रेसलाई आधिकारिता दिएपछि आज आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन थापा पक्षलाई दिएको हो ।

तपाईको प्रतिक्रिया