कागेश्वरी मनोहराले गर्‍यो : मालपोत सेवा सुरु

कोशिस मल्टिमेडिया
३ दिन पहिले

Share

माघ ३, काठमाडौ । नेपालको ७५३ वटा स्थानिय तह मध्ये कागेश्वरी मनोहरा नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा सुरु गर्ने पहिलो स्थानिय तह बनेको छ ।

नगरपालिकाले लामो समयदेखि गरिएको निरन्तर प्रयासको फलस्वरूप पमालपोत सेवा सुरु गर्ने कागेश्वरी मनोहरा पहिलो स्थानीय तह बनेको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले लामो समयदेखि गरिएको निरन्तर प्रयासको फलस्वरूप पमालपोत सेवा सुरु हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने, सेवा अझ सहज, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गर्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाको पहलमा सुरु भएको यो सेवा निकट भविष्यमै काठमाडौँ, झापा, पोखरा, मोरङ तथा पश्चिम क्षेत्रका गरी देशका अन्य १० वटा स्थानीय तहमा लागू गर्ने तयारी भइरहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया