सोविता गौतम चितवान ३ बाट निर्वाचन लड्ने
माघ ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सेविता गौतमलाई चितवन ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बसेको उम्मेदवार छनोट सिफारिस समितिको बैठकले रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल र सोविता गौतमको निर्वाचन क्षेत्रहरु निर्णय गरेको हो।
सभापति वाग्लेलाई तनहुँ १ बाट, नेता खनाललाई काठमाडौँ ६ बाट उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा पनि वाग्ले र खनाल सोही क्षेत्रबाट विजयी भएका थिए। घिल्लो निर्वाचनमा गौतम काठमाडौँ २ बाट विजयी भएकी थिइन्।



तपाईको प्रतिक्रिया