आज विहानको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री
माघ ४, काठमाडौं । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ :४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री देखिएको हो। य
आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८ बजे पुनः मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा थोरै घट्ने सम्भावना हुन्छ।
हिजो शनिबार काठमाडौँको न्यूनतम सुरुवाती मापनमा ४.९ थियो भने बिहान ८ः४५ बजे तापक्रम ४.३ डिग्री सेल्सियस कायम भएको थियो।



तपाईको प्रतिक्रिया