उम्मेदवारको अन्तिम नामावली माघ ९ गते सार्वजनिक गर्ने

कोशिस मल्टिमेडिया
२ घण्टा पहिले

Share

माघ ६, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते सार्वजनिक गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको र अन्तिम नामावली माघ ९ गते सार्वजनिक गर्ने जानकारी दिए ।

मंगलबार साँझ ६ बजेसम्म भएको उम्मेृदवारी दर्तामा महिला ३०३ र पुरुष २३ सय ५२ जना रहेको छ ।

तपाईको प्रतिक्रिया