देशभर ३९१ महिला उम्मेदवार

कोशिस मल्टिमेडिया
२ घण्टा पहिले

Share

माघ ७, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न दल एंव स्वतन्त्रबाट गरी ३ सय ९१ जना महिलाको उम्मेदवारी परेको छ।

मंलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नयाँ राजनीतिक दल र स्वतन्त्रबाट ३ सय ९१ जना महिलाको उम्मेदवारी परेको छ भने २ हजार ५ सय ८९ पुरुष उम्मेदवार रहेको छ ।

१६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले ११ जना महिला उम्मेदवार बनाएको छ भने १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिला उम्मेदवार बनाएको छ।

रास्वपाले १० जना महिलालाई उम्मेदवार बनाएको छ।

 

 

 

तपाईको प्रतिक्रिया