बुधाबार सुनको भाउ ३ लाख हारहारीमा
माघ ७, काठमाडौं । नेपाली बजारमा बुधावार सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेर ३ लाख हारहारीमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।




तपाईको प्रतिक्रिया