समाज सहभागी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको विस्तारित बैठक सम्पन्न ।

कोशिस मल्टिमेडिया
२ घण्टा पहिले

Share



नारी कोसिस डटकम /
समाज सहभागी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको बिस्तारित बैठक गोकर्णेश्वर नगरपालिका वडा नं.-५ , जोरपाटीमा रहेको ड्रिम हाउसमा सम्पन्न भएको छ ।

उक्त बैठकमा यसै प्राइभेट लिमिटेडका अध्यक्ष श्री कृष्णहरी थापाले सभाअध्यक्षताको भूमिका निर्वाहा गर्नुभएको थियो । थापाले सामाजिक उत्तरदायित्वको बोध सहित स्थापना गरिएको यस संस्थाले लगानीकर्तालाई नाफा प्रदान गर्दै अघि बढेको  र यसको शेयर खुल्ला रुपमा पब्लिकले खरिद गर्न मिल्ने कानुनि ब्यबस्था मिलाईको कुरा जानकारी गराउँनु भयो ।

कार्यक्रममा संस्थाको आम्दानि र खर्चको बारेका कोषाध्यक्ष प्रकाश डोटेलले अवगत गराउँनु भयो भने  अन्य पदाधिकारीहरुले आय मूलकका थुप्रै अवसरहरु रहेको विचार व्यक्त गर्नुभयो । 

हाल १०१ जना रहेको उक्त संस्थामा महिलाहरुको पनि उतिकै सहभागि रहेको थियो ।

तपाईको प्रतिक्रिया