कसलाई आफ्ना भन्ने ? बृद्धाआश्रमका आमाहरुको कथा .. (भिडियो)

उमेर के छ र यँहा समय सँगै चाउरीएर जान्छ । जीवन त प्रेम, सदभाव र श्रद्धाको काँखमा सधै हुर्किन चाहान्छ । तर सोचेजस्तो जीवन सबैको कहा छ र ?
ती चाउरी परेका आमाहरुको अनुहारको फिक्का हासोमा जब म मुछिए तब लाग्यो । जीवकको बास्तविक साहारा को हो त ? जो सहारा विहिनको अवस्थामा बृद्ध आश्रमको छहारीमा पुगेका छन् । विहानको झुल्के घाम सँगै पशुपति बृद्ध आश्रम परिसर भित्र मेरा पाइला टेक्दै गर्दा लाग्थ्यो ति आमाहरुलाई जीवन कति विताउन कति कठिन हुदो हो । आफन्तेदेखि टाढिएकाले होला उनिहरुको नजिक पुग्दा आफनो मान्छे आए झै मुस्कानका साथ जीज्ञासले भरिएका हेराईमा थिए । चिया नास्ताको बेला थियो । कोहि खुसि साथ खादै थिए त कोहि पिडा मिसाएर सुस्तरीमा टोलाउदै थिए भने घामको न्यानो स्पर्शमा छरिएर बिहानीको उर्जालाई महसुस गर्दै बसिरहेका थिए । मन्दिरमा बजेको घण्टाको आवाजले उनिहरुका मन एकछिन भएपनि आनन्द लिईरहेको भान घन्टासँगै ति चाउरिएका हातहरुले तालमा ताल मिलाईरहेका दृश्यले बताईरको थियो ।
भिडियो:
तपाईको प्रतिक्रिया